रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि जारी छ। हिजोदेखि सुरु भएको बैठकमा हिजो ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए भने आज पनि धारणा राख्नेक्रम चलिरहेको छ।

प्रवक्ता मनिष झाका अनुसार, अझै करिब १० जना सदस्य र पदाधिकारीहरूले आफ्नो विचार राख्न बाँकी छ। त्यसपछि सम्बन्धित पदाधिकारीहरूले जवाफ दिनेछन्।

रास्वपाको बैठकमा ७ वटा एजेन्डा रहेको छ। यसमा पार्टी महाधिवेशन, परिवर्तित अवस्थामा संगठन एवं विभागको संरचना, र आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रणनीति प्रमुख एजेन्डा रहेका छन्।

स्मरणीय छ, आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्