आजको मौसम : यी स्थानमा आज भारी वर्षा हुने, यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार बुधबार देशभर साधारणतया बदली रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्