गृहसचिव दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी

काठमाडौं – सरकारले रक्षासचिव रहेका रामेश्वर दंगाललाई नयाँ गृहसचिव को जिम्मेवारी दिएको छ । जेन–जी आन्दोलनको दमनमा भूमिका खेलेको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई सो जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय आगामी मंगलबार वा बुधबारभित्र कार्यान्वयन हुनेछ ।

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ भित्रैका अधिकारी हुन् । गृह प्रशासनमा लामो अनुभव भएका उनले पछिल्लो समय रक्षासचिवको जिम्मेवारी सम्हालिरहेका थिए । यसअघि भिजिट भिसा प्रकरण मा नाम मुछिए पनि उन्मुक्ति पाएका दुवाडी सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहमन्त्रालयमै निरन्तर जिम्मेवारीमा थिए । तर, जेन–जी आन्दोलन दमनका क्रममा गृह प्रशासनको नेतृत्व गरेका उनीमाथि छानबिनको माग तीव्र बनेसँगै सरकारले उनलाई हटाएको हो ।

स्रोतका अनुसार दुवाडीलाई अब योजना आयोगको सचिवालय मा जिम्मेवारी तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्