पाँच ठाउँमा सडक पूर्ण अवरुद्ध, सात ठाउँमा एकतर्फी सञ्चालन

काठमाडौं – देशभरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको छ । प्रहरीका अनुसार हाल पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सात ठाउँमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ ।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, बाग्मती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल–चीन नाका जोड्ने पुल बाढीका कारण असार २३ गतेदेखि नै बन्द रहँदै आएको छ ।

पहिरोका कारण पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाकै गोसाइकुन्ड गाउँपालिका-२ बालुवाखानीमा पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । त्यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ को कोदारी सडकसमेत बन्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्धका कारण लामो तथा छोटो दुरीका यात्रीहरू समस्यामा परेका छन् भने सामान आपूर्तिमा समेत असर परेको स्थानीय प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्