नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि यातायात आवागमन सुचारु भएको छ।

गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिन दुबै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो।

लगातार प्रयासपछि आइतबार अपरान्ह ४:१५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्