काठमाडौँ – नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
यसदिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ ३१ गते कायम गरेको ऐतिहासिक उचाईमा सुनको मूल्य पुगेको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।








