इन्जिनियर्स एसोसियसनले भन्यो – स्वास्थ्य मन्त्रालयको भवन प्रयोगयोग्य छैन

काठमाडौं – नेपाल इन्जिनियर्स एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन अहिले प्रयोग गर्न असम्भव अवस्थामा रहेको निष्कर्ष निकालेको छ।

एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए। ‘भवनको वालहरुमा त्यति क्षति नभए पनि अन्य भागमा ठूलो क्षति पुगेको छ। हाललाई प्रयोग गर्न निकै जोखिमपूर्ण छ,’ उनले भने। बरालले सर्वोच्च अदालतको भवनसमेत गम्भीर क्षति पुगेको जनाउँदै उत्तरतर्फको भाग कामै नलाग्ने अवस्थामा रहेको जानकारी दिए। ‘सर्वोच्चको दक्षिणपट्टिको भाग केही कम क्षतिग्रस्त भएकाले त्यहाँ आंशिक रूपमा काम गर्न सकिने देखिन्छ,’ उनले बताए।

उनका अनुसार सिंहदरबारका केही भवनमा पनि क्षति पुगेको छ। ‘लामो समयसम्म आगो लागेको ठाउँमा बढी ड्यामेज भएको छ भने अन्य भाग तुलनात्मक रूपमा सुरक्षित देखिएका छन्,’ उनले जानकारी दिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्