सपना सजिलो थिएन, तर सम्भव थियो – नौ वटा शहरमा फैलिएको निरम बस्नेतको सफलता

रामदत्त मिश्र, काठमाडौँ-  निरम बस्नेतको यात्रा महिलाहरूका लागि संघर्ष र सफलता दुबैको ज्वलन्त उदाहरण हो। उनले आफ्नो जीवनमा सहज परिस्थिति पाएकी थिइनन्। वैवाहिक जीवनसँगै आमा बन्ने जिम्मेवारी, परिवारको अपेक्षा र सामाजिक दृष्टिकोणलाई सन्तुलन गर्दै उनले आफ्ना सपनालाई पनि अघि बढाइन्। हातमा एउटा बच्चा र कोखमा अर्को बच्चा बोकेर सुरु गरिएको सानो प्रयास आज देशका नौवटा शाखासहित फैलिएको International Beautician Academy मा परिणत भएको छ। यस यात्रामा उनले धेरै चुनौतीहरू सामना गर्नुपर्‍यो । संसाधनको कमी, सामाजिक टिप्पणी र सुरुवाती कठिनाइहरू सबै उनको बाटोमा थिए। तर निरन्तर मेहनत, दृढ इच्छाशक्ति र आत्मविश्वासका कारण उनले ती सबै कठिनाइलाई अवसरमा बदल्न सकिन्। उनको सफलताले स्पष्ट सन्देश दिन्छ । यदि मनमा अडान छ र निरन्तर संघर्ष गर्न सकिन्छ भने महिलाले पनि असम्भव जस्तो देखिने कुरा सम्भव बनाउन सक्छन्। निरम बस्नेतको यो कथा केवल व्यक्तिगत सफलता मात्र होइन, सबै नारीलाई साहस, प्रेरणा र आत्मनिर्भर बन्ने बाटो देखाउने उज्यालो दीप हो।

“एउटा बच्चा हातमा र अर्को बच्चा कोखमा लिएर सरल तर गहिरो दृष्टिकोणसहित सुरु गरिएको International Beautician Academy (IBA) आज देशव्यापी रूपमा स्थापित भइसकेको छ। संस्थापक निरम बस्नेतले २०७० सालमा विराटनगरबाट सुरु गरेको यो संस्था हालसम्म नौवटा स्थानमा फैलिइसकेको छ। सानो सपना बोकेर सुरु गरिएको यो यात्राले हजारौं युवायुवतीलाई सीपमूलक व्यावसायिक तालिम दिँदै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन सफल भएको छ। IBA ले आज देशका नौ ठाउँमा आफ्नो शाखा विस्तार गरिसकेको छ। यी शाखाहरू विराटनगर, इटहरी, दमक, धरान, पथरी, गाईघाट, इनरुवा, विराटचोक र काठमाडौंको सुकेधारामा रहेका छन्। यसरी देशका विभिन्न स्थानमा फैलिएको संस्थाले हजारौं युवायुवतीलाई सजिलो पहुँच र सीप सिक्ने अवसर प्रदान गर्दै आएको छ।

निरम बस्नेतको कथा संघर्ष र दृढ संकल्पको उदाहरण हो। वैवाहिक जीवनसँगै आमा बन्ने जिम्मेवारी सम्हाल्दै उनले आफ्ना सपनालाई पनि त्यागिनन्। हातमा एउटा बच्चा र कोखमा अर्को बच्चा बोकेर सुरु गरेको सानो कक्षा आज देशका नौ ठाउँमा फैलिनु केवल सीप सिकाउने अभियान मात्र होइन, महिलाले चाहे भने समाजमा जे हासिल गर्न पनि सकिन्छ भन्ने प्रमाण बनेको छ। उनको यात्राले महिलाको आत्मनिर्भरता र संघर्षमार्फत उपलब्धि हासिल गर्ने प्रेरणा दिएको छ।

IBA, CTEVT मान्यता प्राप्त संस्था हो र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको सौन्दर्यकला तालिम यहाँ उपलब्ध छ। इटहरीस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको यो संस्था यसै वर्षबाट काठमाडौंको सुकेधारामा समेत नयाँ शाखा सञ्चालन गरिसकेको छ। संस्थापक बस्नेतका अनुसार, प्रारम्भिक दिनमा यति ठूलो सफलता हासिल हुने कल्पना नगरे पनि निरन्तरता र विश्वासका कारण आज संस्थाले ब्युटिसियन क्षेत्रमा फराकिलो परिचय बनाउन सफल भएको हो।

निरम बस्नेतले International Beautician Academy यस स्तरमा पुर्‍याउन आफू मात्र नभई साथमा रहेर काम गर्ने कर्मचारी र सिंगो टोलीको सहयोगलाई मुख्य आधार ठहराएकी छन्। उनका अनुसार, “आज संस्था नौवटा शाखासहित देशभर फैलिनु मेरो व्यक्तिगत प्रयास मात्र होइन, मेरो साथमा निरन्तर साथ दिँदै आएका कर्मचारी, प्रशिक्षक तथा सम्पूर्ण टिमको संयुक्त समर्पण र मिहिनेतकै परिणाम हो।”

यस एकेडेमीमा विभिन्न अवधि अनुसारका तालिमहरू सञ्चालन भइरहेका छन्। Basic Beautician तालिम २–३ महिनाको हुन्छ भने Advance वा Diploma ४–६ महिनामा सकिन्छ। Full Beautician Course ९ महिनाको रहेको छ। साथै विदेश जान चाहनेहरूका लागि छोटो अवधिका Abroad Course समेत उपलब्ध छन्। यसबाहेक Nail Technician, Self Makeup, Haircutting, Full Makeup, Special Mehendi, Micro-blading, Eyelashes Extension, Russian Juro, Keratin Treatment लगायतका विशेष तालिमहरू पनि सञ्चालन गरिन्छ। पार्लर अपडेट कोर्स अन्तर्गत कानको लोति बनाउने, मुसा/कोठी हटाउने, BB Glow तथा Hydra Facial तालिम पनि प्रदान गरिन्छ।

विद्यार्थीलाई सहज र आकर्षक बनाउन एकेडमीले थुप्रै सुविधा उपलब्ध गराएको छ। उत्कृष्ट विद्यार्थीलाई रोजगारीको पूर्ण ग्यारेन्टी दिइन्छ भने टाढाबाट आउनेका लागि होस्टेल सुविधा मिलाइन्छ। समूहमा आउनेलाई विशेष छुट, नयाँ वा सञ्चालनमा रहेका ब्युटीपार्लरलाई परामर्श तथा अपडेट कोर्स, तालिमका लागि आवश्यक सम्पूर्ण सामग्री निःशुल्क, पढ्न–लेखन नजान्नेका लागि विशेष कक्षा, निःशुल्क ड्रेसको व्यवस्था लगायतका सुविधा यहाँ पाइन्छ। साथै पार्लर सम्बन्धी सम्पूर्ण सेवासँगै स्किन टेस्ट गर्ने सुविधा उपलब्ध गराउदैँ आएको छ।

कक्षा समयतालिका दिनको जम्मा दुई घण्टाको हुन्छ। विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर बिहान ७–९, ९–११, दिउँसो ११–१, १–३, ३–५ र बेलुकी ५–७ सम्म विभिन्न सत्र सञ्चालन गर्ने गरेको छ ।  संस्थापक निरम बस्नेतले तालिममा इच्छुक युवायुवतीलाई सन्देश दिँदै गुणस्तरीय शिक्षा र सीपमार्फत आत्मनिर्भर बन्न आग्रह गरेकी छन्। उनका अनुसार, “हामीले तपाईंहरूको लुकेको प्रतिभा उजागर गर्ने पूर्ण सहयोग गर्नेछौं। आउनुहोस्, सीप सिकौं, आत्मनिर्भर बनौं।”

यसरी International Beautician Academy ले महिलाको संघर्ष, सीप र आत्मनिर्भरतालाई जोड्दै नेपालमा सौन्दर्यकला तालिमलाई व्यावसायिक र उज्यालो भविष्यसँग जोड्ने अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। निरम बस्नेतको जीवनकथाले एउटा गहिरो पाठ दिन्छ । सपनालाई सानो सम्झेर छाड्नु हुँदैन। सुरुवाती दिनमा उनले सामना गरेका कठिनाइहरूलाई अरूले हार मान्ने कारणका रूपमा हेरे, तर बस्नेतले तिनै कठिनाइलाई सफलताका आधार बनाएर अघि बढिन्। उनले आफ्ना चुनौतीलाई अवसरमा बदल्दै ब्युटिसियन तालिमलाई व्यवसायिक मात्र नभई महिलाको आत्मनिर्भरता निर्माण गर्ने अभियानको रूपमा अघि बढाइन्।

उनले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन थालेपछि धेरै दिदीबहिनीहरू आफ्नै ब्युटीपार्लर खोल्न, रोजगारी पाउन र परिवारलाई आर्थिक सहयोग गर्न सक्षम बनेका छन्। यसले महिलाको जीवनशैलीमा मात्र परिवर्तन ल्याएको छैन, समाजको सोचाइमा पनि सकारात्मक असर पारेको छ। पहिले ब्युटिसियन तालिमलाई सानो सीपको रूपमा मात्र लिइन्थ्यो, तर आज यसलाई करिअर र व्यवसायको बलियो विकल्पका रूपमा स्थापित गराउन बस्नेतको ठूलो योगदान छ।

उनले देखाएको दृढ संकल्पले महिलालाई दुईवटा महत्त्वपूर्ण सन्देश दिन्छ । पहिलो, महिला पनि मेहनत र संघर्षका माध्यमबाट जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। दोस्रो, सीप नै जीवन परिवर्तन गर्ने शक्ति हो। निरन्तर तालिम, अभ्यास र धैर्यले महिलाले परिवार मात्र होइन, समाज र देशकै लागि योगदान गर्न सक्छन् भन्ने तथ्य उनले व्यवहारमै प्रमाणित गरेकी छन्। आज International Beautician Academy नौवटा शाखासहित देशभर फैलिएको छ र यसले हजारौं युवायुवतीलाई रोजगारीको बाटो देखाएको छ। यो केवल एउटा संस्थागत उपलब्धि मात्र होइन, महिलाले सपना देखे र त्यसलाई पूरा गर्न साहस गरे कस्तो ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने प्रत्यक्ष उदाहरण हो।

निरम बस्नेतको संघर्षपूर्ण यात्रा अरू महिलाहरूका लागि साहस र प्रेरणाको मार्गचित्र हो। उनले सुरु गरेको अभियानले भविष्यमा अझ धेरै दिदीबहिनीलाई आत्मनिर्भर र सफल बन्ने अवसर दिलाउने निश्चित छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्