गृहमन्त्री अर्यालद्वारा ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ खटिन आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन आग्रह गरेका छन्। ‘जेन–जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण गर्दै उनले अहिले भएकै भवनबाट सेवा सञ्चालन गर्न निर्देशन दिए।

गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र सुशासनप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै निष्पक्षतापूर्वक चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाए। निरीक्षणका क्रममा एआईजी दानबहादुर कार्की र एसएसपी नवराज अधिकारीले कार्यालयको अवस्था बारे जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्