काठमाडौँ – सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हव ऽ
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पुर्याउने निर्णय गरेको हो । यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ । यस्तै १ असोजमा शोक बिदा दिने निर्णय भएको छ ।
यस्तै सरकारले जेन–जी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।






