देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

काठमाडौँ – आज सोमबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वलाई लक्षित गर्दै सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएका हुन्।

खाद्य कम्पनीले देशका १५३ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले ४२ स्थानमा पसल सञ्चालन गरेको छ। सहुलियत पसलमार्फत उपभोक्ताले प्रतिकेजी वा प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्