अन्तरिम सरकारका मन्त्री आज शपथ ग्रहण गर्दै

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ ग्रहण कार्यक्रम शितलनिवासमा टेन्टमार्फत गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री कार्कीले हिजो आइतबार तीन जना मन्त्री सिफारिस गरेकी थिइन्। उनका सिफारिस अनुसार रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुनमन्त्री, र कुलमान घिसिङ ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपतिले नियुक्ति गरेपछि उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था अनुसार आजै शपथ कार्यक्रम तय गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्