गृहमन्त्री बनाइदिन अनुरोध गर्दै प्रधानमन्त्रीसँग भेट्न मेयर हर्क साम्पाङ बालुवाटार पुगे

 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म प्रतीक्षा गरे पनि उनलाई भेट्ने अवसर मिलेन।

सुरक्षाकर्मीले सुरूमा प्रवेश नदिए पनि लामो पर्खाइपछि उनलाई परिसरभित्र पस्न दिइएको थियो। तर प्रधानमन्त्री कार्कीले अपोइन्टमेन्ट नलिएका व्यक्तिसँग भेट नहुने भन्दै साम्पाङलाई भेट्न अस्वीकार गरिन्। यसअघि शनिबार साँझ नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल पनि बालुवाटार पुगेका थिए। तर उनलाई पनि प्रधानमन्त्रीले भेटिनन्। साम्पाङ यसअघि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै युवाहरूको समर्थन पाएको बताएका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्