आन्दोलनका आगजनी र तोडफोड घटनामा षडयन्त्रको आशंका: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाहरू सुनियोजित हुन सक्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो प्लान–बी, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ ।”

प्रधानमन्त्री कार्कीले यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्सलगायतका सरकारी कार्यालयमा भएको आगजनी लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्