काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडे ।”
श्रेष्ठले पार्टी छाड्नुको कारणबारे थप प्रष्ट्याउन भने बाँकी राखेकी छन् ।






