जेनजी आन्दोलनमा मारिएका सबै शहीद घोषणा, परिवारलाई १०–१० लाख राहत

काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिएको छ ।

आज पदभार ग्रहण गरेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

प्रधानमन्त्रीको निर्णयबारे जानकारी दिँदै मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको बताए । साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको तथ्यांक उनले सार्वजनिक गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्