एमाले अध्यक्ष केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा कर्तव्यज्यान मुद्दामा जाहेरी

बुटवल – जेनजी पुस्ताका युवाको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। पूर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिएका हुन्।

जाहेरीमा १७ देखि ४५ वर्ष उमेरका एक दर्जनभन्दा बढी युवाको मृत्यु र थुप्रै घाइते भएको उल्लेख छ। मृतकमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपानेलगायतको नाम समावेश छ। घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्