काठमाडौँ- राजधानीको माइतीघर क्षेत्रमा नेपाली सेनाले कडाइ गरेको छ। सेनाले चेकजाँच कडा बनाउँदै हिँडडुलमा समेत रोक लगाएको छ।
‘संविधान बचाउ’ नारासहित केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सुरक्षा व्यवस्था कडाइ गरिएको हो। अत्यावश्यक सेवाका सवारीसाधनलाई भने रोकिएको छैन तर अन्य साधनलाई प्रवेशमा रोक लगाइएको छ।
बुधवार युवाहरूको समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेको थियो। त्यसलगत्तै सेनाको उपस्थिति बाक्लो देखिएको हो।
सुरक्षा निकायले सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै माइतीघर क्षेत्र उच्च निगरानीमा राखिएको जनाएको छ।






