प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले सोमबार बेलुकी राजीनामाबारे जानकारी दिएको हो ।

गत सोमबारदेखि सुरु भएको जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि ओली राजीनामा दिन बाध्य भएका हुन् । आन्दोलनकै क्रममा सोमबार एकैदिन १९ जना युवाले ज्यान गुमाएका थिए भने मंगलबार बिहानैदेखि देशभरका सडकमा युवा पुस्ताले तीव्र प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा आक्रोशित युवाहरूले शीर्ष नेताहरूका निवास, पार्टी कार्यालय, सरकारी कार्यालय र प्रहरी भवनमा समेत आगजनी गरेका छन् । राजधानीलगायत विभिन्न सहरहरूमा यातायात सेवा ठप्प भएका छन् भने सुरक्षाकर्मीहरूलाई समेत नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ ।

राजीनामापछि अब देशको राजनीतिक स्थिरताबारे व्यापक बहस सुरु भएको छ । आगामी सत्ता व्यवस्थापन र आन्दोलनरत जेन–जी पुस्तासँग सरकारले गर्ने संवादलाई राजनीतिक विश्लेषकहरूले निर्णायक मोडको रूपमा हेरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्