काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा घोषणा गरेकी छिन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्।
‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते बिहान ११:५५ बजेदेखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी, आई एम विथ यु,’ कार्कीले लेखेकी छिन्।
यसअघि रास्वपाकै सांसद असिम शाहले पनि पदबाट राजीनामाको घोषणा गरेका थिए।






