काठमाडौँ – जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार जारी गरेको अपिलमा भनेका छन्, “कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो। उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु। त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”
ओलीले राजधानीसहित देशका विभिन्न भागमा हिजो भएको प्रदर्शन र त्यसपछि भएका घटनाप्रति आफू दुःखी रहेको उल्लेख गर्दै सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई संयम रहन पनि आग्रह गरेका छन्।
तर, देशभर आन्दोलनकारी अझै पनि व्यापक रूपमा प्रदर्शन गरिरहेका छन्।






