जेन-जी प्रदर्शनपछि जोशीले भने – ‘जनधनको क्षति रोक्न सरकारको राजीनामा आवश्यक, नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली न्यायिक आयोग’

काठमाडौँ – आज काठमाडौँसहित देशभर जेन-जीहरूले गरेको प्रदर्शनमा ठूलो जनधनको क्षति भएको छ। यो समाचार तयार पार्दासम्म काठमाडौँ १८ र इटहरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ भने सयौँ संख्यामा घाइते भएका छन्।

यस्तै परिस्थितिपछि धर्मानन्द जोशीले गम्भीर प्रतिक्रिया दिएका छन्। उनले थप जनधनको क्षति रोक्न र लोकतन्त्रलाई जोगाउन तत्काल सरकारको राजीनामा प्रमुख विकल्प भएको बताएका छन्। उनका अनुसार नयाँ सरकार गठन, सामाजिक सञ्जाल खुला गर्ने, २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गर्ने, आज भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्ने तथा व्यापक भ्रष्ट्राचार नियन्त्रण गर्ने समयको आवश्यकता छ।

जोशीले भने, “यी मागहरूलाई तत्काल सम्बोधन नगर्ने हो भने लोकतन्त्र नै संकटमा पर्छ। जनताको विश्वास र अधिकार सुरक्षित राख्न सरकारले गम्भीर निर्णय लिनैपर्छ।” जोशीले सत्तासीन नेतृत्वप्रति कटाक्ष गर्दै थपे, “जनताको शासन प्रणाली लोकतन्त्रमा कुर्सीको त्यति विघ्न मोह पनि हुनुहुँदैन, जहाँ प्रदर्शनमा उत्रिएका युवाहरूको लासको ढेरमाथि आलो रगतले लतपतिएका कुर्सीहरूमा दोषारोपण गर्दै टाँसिइरहनुपरोस्। सत्ता पाउनु अघि, पाएपछि र गुमाएपछि पनि मान्छे नै हौं भन्ने बोध गर्नुपर्छ। त्यसैले त्यस्तो सत्ता छोडिदिनुहोस्, त्यो कुर्सी मिल्काइदिनुहोस्। आकाश खस्दैन।” हरेक निरंकुश शाशकको बिदाइ दयनीय हुने गरेको इतिहास साक्षी  भएको उनको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्