काठमाडौंका विभिन्न क्षेत्र कर्फ्यु क्षेत्रमा, दिउँसो १ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लागू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अब राजधानीका थप क्षेत्रहरूमा बिस्तार गरिएको हो।

प्रशासनको अनुसार, राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासका क्षेत्रहरूमा आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट जारी सूचनामा जनाइएको छ कि सो अवधिमा तोकिएका क्षेत्रमा आमनागरिकको आवतजावत, भेला, जुलुस वा कुनै पनि प्रकारका गतिविधिहरूमा पूर्ण रोक लगाइएको छ।

प्रशासनले सर्वसाधारणलाई सुरक्षा अवस्था ध्यानमा राखी संयमता अपनाउन र कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्