काठमाडौँ – भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका हुन् । उनीहरुको केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।






