पूर्वपत्नीको उजुरीमा पक्राउ परेका प्रहरी इन्स्पेक्टर गुरुङ कारागार चलान

काठमाडौं- पूर्वपत्नीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि नख्खु कारागार पठाउने आदेश दिएको हो।

गुरुङमाथि बलात्कार र ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा दायर भएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्साल अन्तर्गत १ नम्बर गणमा कार्यरत थिए। पूर्वपत्नीले उजुरी दिएको केही दिनमै उनलाई ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

यसअघि गुरुङले सामाजिक सञ्जालमार्फत आफू पूर्वपत्नीबाटै पीडित भएको दाबी गरेका थिए। छोरीसँग भेट्न जाँदा अभद्र व्यवहार भएको उनको दाबी सार्वजनिक भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्