कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीले रोके

काठमाडौं – एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्।

महाधिवेशन हलमा थापाले फरक मत पेस गर्न चाहेका भए पनि अध्यक्ष ओलीले ‘यो कुरा समूहमा लैजानुहोस्’ भन्दै रोक लगाएका हुन्। थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने र ७० वर्षे उमेर सीमा हटाउनेजस्ता प्रावधानमा असहमति जनाउँदै फरक मत पेस गर्ने तयारी गरेका थिए।

अध्यक्ष ओलीले प्रतिवेदनसम्बन्धी छलफल १० वटा समूहमा भइरहेको भन्दै त्यहीँ राख्न सुझाव दिएका छन्। थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलमा रोक लगाइएको नभई समूहमा प्रस्तुत गर्न मात्र भनिएको स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्