हिमाल दोब्बर गतिमा तात्दै, खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गर्न मन्त्री ठकुरीको आग्रह

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेका कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा परेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादमा उनले खुला रूपमा फोहोर जलाउने प्रथा जलवायु संकट र प्रदूषणको मुख्य तर प्रायः बेवास्ता गरिएको विषय भएको भन्दै यसको अन्त्यका लागि रूपान्तरणात्मक कदम आवश्यक रहेको बताए ।

मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै फोहोर खुला रूपमा जलाउने प्रथाले ब्ल्याक कार्बन उत्सर्जन गरी हिमालमा हिउँ पग्लिने दर बढाइरहेको बताए । उनका अनुसार, शून्य फोहोर र परिचक्रीय अर्थतन्त्रतर्फ अघि बढ्न सरकारले नीति तथा कार्यक्रममार्फत काम गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्