भिजिट भिसा विवाद कपोलकल्पित: प्रधानमन्त्री ओली

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार लोकप्रिय बन्दै गएको अवस्थामा बदनाम गर्नका लागि भिजिट भिसा सम्बन्धी हल्ला फैलाइएको आरोप लगाएका छन् ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको लोकप्रियतासँगै विभिन्न षड्यन्त्र र गलत प्रचारबाजी भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, “हाम्रो सरकारको लोकप्रियता बढेपछि, देश अगाडि बढ्न थालेपछि, हाम्रा कामकारबाहीहरू राम्रा हुन थालेपछि, कसैलाई मन नपरेर होला, भिजिट भिसामा मान्छे लाने भनेर हल्ला चलाइयो ।”

उनले भिजिट भिसा प्रकरणलाई पूर्णत: निराधार र कपोलकल्पित भन्दै यसको पछाडि पार्टीलाई कमजोर पार्ने नियत रहेको बताए । “यस्ता कुरामा विश्वास नगर्न म सबै पार्टी कार्यकर्ताहरू र आम जनतालाई आग्रह गर्दछु । हामी कसैको पनि राष्ट्रिय हित र सार्वभौमिकतामाथि आँच आउने काम गर्दैनौँ, न त त्यस्तो हुन दिन्छौँ,” ओलीले स्पष्ट पारे ।

यस अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय आयाममा राष्ट्रिय हितलाई सधैं सर्वोपरि राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्