माइक्रो बसको ठक्करबाट काठमाडौँमा एक बालिकाको मृत्यु

काठमाडौं –  माइक्रो बसको ठक्करबाट काठमाडौँमा एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्