डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले मंगलबार अनसन तोडेका छन्। कैलालीस्थित गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस ग्रहण गरी उनले दिउँसो २ बजे अनसन तोडे।

गत आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको थियो। मुटुको चालमा गडबडी देखिनुका साथै मांसपेशी दुख्ने, बाउडिने जस्ता समस्या देखिएपछि चिकित्सकहरूले उपचारमा जोड दिएका थिए।

निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० पुर्‍याउने चिकित्सा शिक्षा आयोगको साउन ३० गतेको निर्णयको विरोधमा उनी सत्याग्रहमा बसेका थिए। आवश्यक मापदण्ड पूरा नगरेका कलेजलाई जथाभावी सिट दिने निर्णयले शिक्षा र स्वास्थ्यको गुणस्तर खस्किने डा. केसीको तर्क छ।

उनले सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने, गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने लगायत माग राखेका छन्। यस्तै अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन र गैरनाफामूलक मेडिकल शिक्षा सम्बन्धी प्रावधान कार्यान्वयन गर्नुपर्ने उनको जोड छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्