काठमाडौं – प्रसंसा संरक्षण समूहको आयोजना र सुदूरपश्चिम कलाकार समाजको सहकार्यमा गौरापर्व २०८२ काठमाडौंमा सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ।
यस पवित्र पर्वलाई ऐतिहासिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने महिला समाज, बुद्धिजीवी समाज, कला समाज, युवा समाज लगायत सम्पूर्ण संस्कृति–प्रेमी दिदीबहिनी तथा दाजुभाइहरूलाई आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा गेटवे माध्यमिक विद्यालय, पेप्सीकोला र एल.आर.आई. विद्यालय, कलंकीले प्रस्तुत गरेको सांस्कृतिक नृत्य विशेष आकर्षण बनेको थियो। त्यस्तै, विभिन्न जिल्ला समाजहरूले प्रस्तुत गरेका झाँकीसहितका सांस्कृतिक नृत्य प्रदर्शनले पर्वलाई अझ वैभवशाली बनाएको आयोजक समितिले जनाएको छ।
गौरापर्व सफलतापूर्वक सम्पन्न गर्न टुडिखेल स्थल उपलब्ध गराइ सहयोग गर्ने नेपाली सेना, साथै अथक सहयोग पुर्याउने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलप्रति पनि समितिले आभार प्रकट गरेको छ।
प्रसंसा संरक्षण समूहका अध्यक्ष हरि प्रसाद अवस्थीले आगामी दिनमा पनि संस्कृति संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।







