नेपालमा ग्रीन हाइड्रोजन र इन्धन सेल प्लान्ट स्थापना गर्न एमओयू

तस्बिर: रासस

काठमाडौँ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली र कम्पनीका प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले हिजो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

बोर्डका अनुसार प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गरिनेछ। उक्त अध्ययनका आधारमा सात अर्ब रुपैयाँ बराबरको लगानी हुने अनुमान गरिएको छ।

कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। लगानी बोर्डले यसलाई नेपालमा स्वच्छ उर्जा विकास र वैकल्पिक उर्जा स्रोतलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्