अछाममा छाउपडी प्रथाले लियो महिला र बालिकाको ज्यान ! कसरी भयो घटना ?

Photo : AI

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा रजस्वला भएका बेला त्रिपालमुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर ज्यान गएको छ ।

मंगलबार राति खेतबारीमा त्रिपालमुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा मृतक बालिका कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भएकी छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर खनाल र रत्ना त्रिपालमुनि सुतेका थिए । आमासँगै सुत्न चाहँदै सात वर्षीया कविता पनि त्रिपालमुनि गएकी थिइन् । खनाल र रत्ना दुबै जना माइत आएका बेला यो घटना भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्