अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं – अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको हो । साउथ अस्ट्रेलियाको जितमा निक विन्टरले सर्वाधिक ३६ रन बनाए । बलिङमा नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्