गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने घोषणा गरेका छन् ।

सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् । सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्