भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पका चार फोन कल नउठाएको जर्मन मिडियाको दाबी

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार सार्वजनिक भएको छ । जर्मनीको एफएजी नामक अखबारले यो दाबी गरेपछि भारतीय मिडियाले समेत उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन् ।

हालै अमेरिकाले भारतमा ५० प्रतिशत भन्सार कर लगाएको थियो, जसपछि भारत र चीनबीच सम्बन्ध निकट हुन थालेको बताइएको छ । मोदीको चीन भ्रमण मिति तय भइसकेको छ भने दुवै मुलुकबीच सीमा व्यापार, सीमा वार्ता र हवाई सेवा सञ्चालनमा सहमति भएको छ ।

जर्मन मिडियाको समाचारलाई संकेत गर्दै अमेरिकाका दक्षिण एसिया विश्लेषक तथा फरेन पोलिसी पत्रिकाका स्तम्भकार माइकेल कुगेलम्यानले प्रतिक्रिया दिएका छन् । उनका अनुसार, “यदि ट्रम्पले पटकपटक मोदीलाई सम्पर्क गर्ने प्रयास गरे तर मोदीले कुरा गर्न चाहेनन् भन्ने खबर सत्य भएमा, सरकार–सरकारबीचको सम्बन्ध र एक समय बलियो मानिएको नेताहरूबीचको सम्बन्ध दुवै सङ्कटमा परेको छ ।”

उनले यस घटनाले संयुक्त राष्ट्रसंघ महासभाको छेउमा हुने सम्भावित मोदी–ट्रम्प भेटको सम्भावनालाई पनि कमजोर बनाएको टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्