रास्वपाका प्रवक्ता मनिष झा पुर्वराष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ? रविबारे यस्तो भनिन् भण्डारीले !

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच भेटवार्ता भएको छ ।

भण्डारी निवास भंगालमा आज बिहान भएको भेटवार्ता करिब डेढ घण्टा चल्यो । भेटपछि प्रवक्ता झाले यसलाई औपचारिक राजनीतिक शिष्टाचार भेटघाटका रूपमा लिएको बताए ।

उनका अनुसार भेटवार्तामा हालको असाधारण राजनीतिक अवस्था, समाधानका सम्भावित पहल तथा सहकारी प्रकरणबारे छलफल भएको थियो । भण्डारीले सहकारी विषयलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाइएकोप्रति चिन्ता व्यक्त गरेको समेत झाले जानकारी दिए ।

त्यस क्रममा भण्डारीले रास्वपा अध्यक्ष रवि लामिछानेप्रति सद्भाव व्यक्त गर्दै नयाँ पुस्ताको राजनीतिमा सक्रिय सहभागितालाई सकारात्मक मान्ने विचार राखेकी थिइन् । उनले नयाँ पुस्तालाई राजनीतिमा सघाउन अभिभावकको भूमिका निर्वाह गर्ने तयारी रहेको समेत बताएको झाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्