राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज, भोलि निर्वाचन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ ।

समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ।

मनोनयन दर्ताको समय मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ। दर्ता सकिएलगत्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका सार्वजनिक गरिएको छ।

राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ। तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्