कैलाली – कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १७ दीपनगरका २० वर्षीय युघिस्टर बुढामगरको मृत्यु भएको हो ।
प्रदेश प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार साँझ साढे ७ बजे आफ्नै घरनजिक हल्दुको रुखमा हाँगा काट्ने क्रममा नजिकैको हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा बुढामगर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाइएकोमा चिकित्सकले बुढामगरलाई मृत घोषणा गरेका थिए ।






