काठमाडौँ– नेक्सस इन्टरनेसनल एकेडेमीले काठमाडौँ भ्याली स्कुलद्वारा आयोजित प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८२ मा उल्लेख्य सफलता हासिल गरेको छ। प्रतियोगितामा विद्यालयका छात्राहरूले उत्कृष्ट प्रस्तुतीमार्फत द्वितीय स्थान प्राप्त गरेका छन्। यस सफलताप्रति विद्यालय परिवारले हर्ष व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई दिएको छ।
साथै, छात्राहरूलाई निरन्तर मेहनत र समर्पणसहित मार्गदर्शन प्रदान गर्ने नृत्य प्रशिक्षक प्राज्ञ शान्ति कठायतलाई विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ।
नेक्सस इन्टरनेसनल एकेडेमीका छात्राहरूले काठमाडौँ भ्याली स्कुलद्वारा आयोजित प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रस्तुतीका साथ द्वितीय स्थान हासिल गरेकोमा विद्यालय परिवारप्रति आरबी कटवालले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।






