काठमाडौं – नृत्यमार्फत संस्कृतिको संरक्षण र प्रतिभाको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो नेक्सस् उपत्यकाव्यापी तीज विशेष नृत्यकला प्रतियोगिता–२०८२ भक्तपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयहरूले सक्रिय सहभागिता जनाउँदै आकर्षक प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा नव ज्ञान स्कुल प्रथम, नवोदित स्कुल द्वितीय र गोल्डेन पिक स्कुल तृतीय स्थानमा चयन भएका छन् । सोहीक्रममा भ्याली भ्यू स्कुल चतुर्थ, नेरिक एकेडेमी पाँचौँ, मित्रश्री स्कुल र कोटदेवी स्कुल संयुक्त छैटौँ, साहारा स्कुल सातौँ, व्हिज्ज किड्स इन्टरनेसनल स्कुल र एन्जल लड स्कूल संयुक्त आठौँ, हिमालयन/अवेयरनेस इन्टरनेसनल एकेडेमी नवौँ र रदिएँट रिडर्स दशौँ स्थानमा छनोट भएका छन् ।

प्रतियोगितालाई प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका नेक्सस् इन्टरनेशनल एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख विवश मुस्यान र नृत्य प्रशिक्षक प्राज्ञ शान्ति कठायत लाई विशेष धन्यवाद दिइएको थियो ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल आरबी कटवाल ले विजयी विद्यालयलाई बधाई दिँदै सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, एचओडी प्रमुख कमल कटवाल ले कला र संस्कृतिको संरक्षणमा यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाले प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण विद्यालयलाई आभार प्रकट गर्दै निरन्तर सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ ।







