काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद सूर्य थापा र राप्रपा सांसद रोसन कार्कीबीच नोकझोक भएको छ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा कार्कीलाई बोल्न समय दिएपछि उनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस–एमालेले सांसदहरूलाई ‘खाली कागजमा सही गराएको’ आरोप लगाउँदै धिक्कार व्यक्त गरिन्।
उनको भनाइप्रति थापाले नियमावलीको आधारमा आपत्ति जनाउँदै ‘लाञ्छनापूर्ण अभिव्यक्ति’ रेकर्डबाट हटाउन माग गरे। यसपछि कार्कीले एमाले–कांग्रेस देशलाई दुई दलीय शासनतर्फ धकेल्न खोजिरहेको आरोप लगाउँदै साना दललाई सचेत रहन आह्वान गरिन्।






