कुवेतमा विषाक्त मदिरा प्रकरण: नेपालीहरू कालोसूचीमा, देशनिकाला गर्ने तयारी

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा बिरामी परेका कैयौँ नेपालीलाई अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँ मदिरा सेवन र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध छ। तर गत साता मेथनोलयुक्त अवैध मदिरा सेवन गर्दा १२ नेपालीसहित २३ जनाको मृत्यु भएको थियो।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार अवैध मदिरा उत्पादन र वितरणमा संलग्न आरोपमा नेपालीसहित विभिन्न देशका नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केहीलाई हत्यासम्बन्धी मुद्दा चलाउन सकिने बताइएको छ।

अस्पतालमा उपचारपछि ठिक भएका नेपालीहरूलाई पनि प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको दूतावासले जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूलाई देशनिकाला गर्ने तयारी भइरहेको र कुवेत फर्कन नपाउने गरी कालोसूचीमा राखिएको छ।

हालसम्म करिब ५० जना नेपाली बिरामी परेका मध्ये २६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ११ जना आईसीयूमा छन्।

विशेषज्ञहरूका अनुसार घरेलु मदिरामा औद्योगिक मेथनोल मिसाइएकाले यसले अन्धोपन, अंगविकार वा मृत्यु समेत निम्त्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनले यस्ता अवैध मदिरा अत्यन्त घातक हुने भन्दै सेवन नगर्न चेतावनी दिँदै आएको छ।

नेपालका विज्ञ डा. हरिहर वस्तीका अनुसार “एक पेग मात्र मेथनोलयुक्त मदिराले पनि मानिसको ज्यान लिन सक्छ।” वैदेशिक रोजगारीमा गएका श्रमिकहरू सस्तोमा पाइने भन्दै यस्ता घरेलु र

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्