जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा ट्रम्पले गरेको संयुक्त वार्तामा के- के भयो ?

President Donald Trump meets with Ukraine's President Volodymyr Zelenskyy in the Oval Office at the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सात जना युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । रसिया–युक्रेन युद्ध अन्त्य गर्नेबारे केन्द्रित छलफलपछि ट्रम्पले चाँडै नै जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय वार्ता हुने घोषणा गरेका छन् । त्यसपछि आफू संलग्न हुने त्रिपक्षीय वार्ता पनि तयारी अवस्थामा रहेको उनले बताएका छन् ।

साढे तीन वर्षअघि, सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्ने उपायबारे भएको उक्त बैठकमा बेलायतका प्रधानमन्त्री कीअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटलीकी जोर्जिया मेलोनी र फिनल्याण्डका अलेक्जान्डर स्टब्सलगायत नेताहरू सहभागी थिए । जेलेन्स्कीले पत्रकार सम्मेलनमा आफू पुटिनसँग ‘जुनसुकै ढाँचामा’ भेट्न तयार रहेको बताए ।

बैठकमा युक्रेनलाई दीर्घकालीन ‘सुरक्षा ग्यारेन्टी’ दिनेबारे पनि छलफल भएको छ । युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब अमेरिकी डलरको हतियार खरिद गर्ने, आफ्नै देशमा ड्रोन उत्पादन गर्ने र त्यसको केही भाग अमेरिकाले खरिद गर्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ । तर ‘सुरक्षा ग्यारेन्टी’बारे औपचारिक सम्झौता भने अझै भएको छैन । जेलेन्स्कीका अनुसार ७ देखि १० दिनभित्र सहमति हुने अपेक्षा गरिएको छ ।

छलफलकै क्रममा ट्रम्पले पुटिनलाई फोनमार्फत बैठकमा भएका निर्णयबारे जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै नेताबीच करिब ४० मिनेट कुरा भएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले वार्तापछि पुटिनको वास्तविक उद्देश्यबारे शंका व्यक्त गर्दै भने, “मलाई लाग्दैन पुटिनलाई शान्ति चाहिएको छ । उनको लक्ष्य अझ बढी भूभाग कब्जा गर्नु र युक्रेनलाई कमजोर पार्नु हो ।” युरोपेली अधिकारीहरूले पनि चेतावनी दिँदै पुटिनलाई युक्रेनमै रोक्न नसकिए अरू युरोपेली मुलुकमा समेत खतरा बढ्न सक्ने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्