रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षणका लागि अस्पताल पठाइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पतालमा रगत परीक्षण गराइएको छ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार नख्खु कारागारमा भेटघाटका लागि गएका उपसभापति डोलप्रसाद अर्यालले सभापति लामिछानेको छालामा पहेँलोपन देखिएपछि स्वास्थ्य परीक्षणको आग्रह गरेका थिए। त्यसपछि उनलाई तत्काल रगत परीक्षणका लागि अस्पताल पठाइएको हो।

‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर उपसभापतिज्यूले पनि जाँच गर्न भन्नुभयो,’ झाले जानकारी दिए, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ तर रिपोर्ट आइसकेको छैन।’

लामिछानेलाई दुई दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो। उनलाई करिब ४ सय कैदीबन्दी रहेका ब्लकमा राखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्