आईजीपी दीपक थापा भदौ १८ मा अवकाश, चन्द्रकुवेर खापुङ एकल दाबेदार

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ मा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जान लागेका छन्। उनी २०८१ चैत ४ मा ३१ औँ प्रहरी प्रमुख बनेका थिए।

हाल संसदमा छलफलमा रहेको नयाँ प्रहरी ऐन पारित भएको भए थापाको कार्यकाल कम्तीमा ६ महिना थप हुने सम्भावना थियो। तर ऐन अल्झिएको कारण थापा करिब ६ महिनामै अवकाशमा जाँदै छन्।

थापासँगै इन्स्पेक्टर भर्ना भएका चन्द्रकुवेर खापुङ ३२ औँ प्रहरी महानिरीक्षकका एकल दाबेदारका रूपमा देखिएका छन्। हाल सीआईबी प्रमुख रहेका खापुङ एआईजीमा यसै वर्ष वैशाख १६ मा बढुवा भएका थिए र मेरिट लिस्टमा पहिलो नम्बरमा परेका थिए।

सोही ब्याचका अन्य एआईजीहरू उमेर हद वा सेवाअवधिका कारण अवकाशमा जान लागेकाले खापुङ आईजीपी बन्ने लगभग पक्का देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्