काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले आ.व. २०८२/०८३ को साउन १ गतेदेखि साउन ३१ गतेसम्म कूल १ करोड ५७ लाख ३१ हजार १९६ रुपैयाँ २२ पैसा राजस्व संकलन गरेको छ।
नगरपालिकाको राजस्व शाखाका अनुसार वडा नं. ९ ले सबैभन्दा धेरै २८ लाख ४४ हजार ८५६ रुपैयाँ ६९ पैसा संकलन गरेको छ भने वडा नं. ३ ले सबैभन्दा कम २ लाख ३९ हजार ४०३ रुपैयाँ ७१ पैसा राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडागत रुपमा राजस्व संकलन विवरण सार्वजनिक गर्दै कर संकलनमा देखिएको प्रगति उत्साहजनक रहेको जनाएको छ।
राजस्व संकलनप्रति नागरिकको चासो र कर तिर्ने संस्कृतिमा आएको सकारात्मक परिवर्तनले स्थानीय विकासमा सहजता आउने विश्वास नगरपालिकाले लिएको छ। कर संकलनमार्फत प्राप्त रकम शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ र अन्य सामाजिक सेवामा खर्च गर्ने योजना रहेको जनाएको छ।







