विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार हर सम्भव पहल गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार हर सम्भव पहलमा जुटिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सरकार विपिनको सुरक्षालाई प्राथमिकतामा राखेको र परराष्ट्र मन्त्रालयले खाडी मुलुकका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिए।

उनले विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति र संसद् अध्यक्षसँग भेटेर पहल गर्न आग्रह गरेको उल्लेख गर्दै आफूले पनि टर्की र इजिप्टका राष्ट्रपतिसँग यसबारे फोनवार्ता गरिसकेको बताए।

ओलीले विपिनको परिवारलाई ढाडस दिँदै सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति आभार व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्