बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै डेरामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राति करिब ८ बजेतिर उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
विजयपुरमै घर भएकी कुँवर स्वास्थ्य चौकी कार्यस्थल घरदेखि टाढा परेकाले डेरामा बस्दै आएकी थिइन्। गत वैशाखमा मात्र उनको विवाह भएको थियो। उनका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक सेवामा कार्यरत रहेको बताइएको छ। विजयपुर स्वास्थ्य चौकीका प्रमुख रामबहादुर महरा का अनुसार कुँवर जिम्मेवार र सक्रिय स्वास्थ्यकर्मी थिइन्। उनको अकस्मात निधनले स्वास्थ्य चौकी परिवार स्तब्ध भएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






