सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार उच्च मूल्यमा पुगेको हो। यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ। चाँदीको हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्